Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

डाक्टरमा कोरोना भेटिएपछि अस्पताल सिल, अस्पतालले लुकायो घटना

डाक्टरमा कोरोना भेटिएपछि अस्पताल सिल, अस्पतालले लुकायो घटना

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ९, २०७७ शुक्रवार • १०:२८:३१ बजे
  • 3.5K
    SHARES
  • डाक्टरमा कोरोना भेटिएपछि अस्पताल सिल, अस्पतालले लुकायो घटना
    विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल बिहीबार दिउँसो सिल गरिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालयसमेतका निकायसँग समन्वय गरेर विराटनगर महानगरपालिकाले अस्पताल सिल गरेको हो ।

    डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएपछि महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीको नेतृत्वमा पुगेको टोलीले दिउँसो ३ः३० बजेबाट सार्वजनिक सूचना टाँस गरेरै अस्पताल पूर्ण रुपमा सिल गरिदिएको छ ।

    सिल गरिएको अवधिभर अस्पतालको ओपीडी तथा आकस्मिक सबै सेवा ठप्प रहने छ । बाहिर–भित्र आवतजावतमा रोक लगाइएको छ । अस्पतालले नयाँ बिरामी भर्ना लिन पाउने छैन ।

    चिकिसत्कलाई नै संक्रमण पुष्टि भइसक्दा पनि अस्पतालले लुकाउने काम गरेकोभन्दै सेनीटाइज भने अस्पताल आफैले गर्नु पर्ने महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए ।यो समाचार किशोर बुढाथोकीले अन्नपुर्णपोष्टमा लेखेका छन।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology