Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सुदूरपश्चिमका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन

सुदूरपश्चिमका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १३, २०७८ बिहिवार • ११:३३:०२ बजे
  • 964
    SHARES
  • सुदूरपश्चिमका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन

    पोखरा । सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा बिहीबार बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए ।

    images

    चार दशकभन्दा बढी समयदेखि कैलालीमा बसेर राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत भएका थिए ।

    पहिले राप्रपाको राजनीति गरेका उनी २०७० सालको दोस्रो संविधानसभाअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त भएका मल्लले ८ गते शपथ लिएका थिए । उनका एक छोरा र एक छोरी छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology