Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रतिनिधि सभा विघटन

प्रतिनिधि सभा विघटनबारे परेका १९ रिट प्रधानन्यायाधीश जबराको एकल इजलासमा

प्रतिनिधि सभा विघटनबारे परेका १९ रिट प्रधानन्यायाधीश जबराको एकल इजलासमा

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १३, २०७८ बिहिवार • ११:४३:३३ बजे
  • 928
    SHARES
  • प्रतिनिधि सभा विघटनबारे परेका १९ रिट प्रधानन्यायाधीश जबराको एकल इजलासमा

    पोखरा । प्रतिनिधि सभा विघटनबारे परेका १९ रिट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो एकल इजलासमा राखेका छन्। सर्वोच्च अदालत प्रशासनले दिएको जानकारी अनुसार राणाले बिहीबार १९ रिटको सुनुवाइ गर्दै छन्।

    images

    राणाले सुनुवाइ गर्न लागेका सबै रिटमा राष्ट्रपति कार्यालय शितल निवासलाई विपक्षी बनाइएको छ। यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेकोलगायत विषयमा सर्वोच्चमा रिट परेका थिए।

    सर्वोच्चमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनु पर्नेमा पनि रिट परेका छन्। प्रतिनिधि सभा पुनर्स्थापना भए पनि ओलीलाई नै निरन्तरता दिनुपर्ने मागसहित ४ रिट परेका छन्। कांग्रेस सभापति देउवासहित १४६ सांसदले हालेको सहित ११ वटा रिटको सुनुवाइ शुक्रबार संवैधानिक इजलासमा हुने सर्वोच्चले जनाएको छ।

    यी रिट हाल्दा नै संवैधानिक इजलासमा सुनुवाइ हुनु पर्ने माग गरिएको थियो। गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा विघटन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology