Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमूना कृषि गाउँ कार्यक्रम लागू

म्याग्दी खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमूना कृषि गाउँ कार्यक्रम लागू

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १४, २०७८ शुक्रवार • १६:१६:१३ बजे
  • 1.2K
    SHARES
  • म्याग्दी खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमूना कृषि गाउँ कार्यक्रम लागू

    बेनी। विकट क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका ४ खिवाङ र खाम्लामा मुख्यमैत्री जलवायु मैत्री नमूना कृषि गाउँ कार्यक्रम लागू गरिएको छ । गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खिबाङ खाम्ला कृषि तथा पशुपन्छी सहकारी संस्था लिमिटेडमार्फत कार्यक्रम कार्यान्वयन शुरु गरेको हो । 

    images

    चालु आवमा रु ४० लाख विनियोजन गरिएको कार्यक्रम कोरोनाको जोखिम र निषेधाज्ञाको असहज अवस्थाका बाबजुद पनि धमाधम कार्यान्वयन भइरहेको कार्यक्रमका कृषि प्राविधिक सगुन कटुवालले जानकारी दिए । प्रदेश सरकारको ८५ र सहकारीको १५ प्रतिशत लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको छ उनले भने, सहकारीमार्फत फलफूल र तरकारी खेती विस्तार गर्न लागिएको छ ।

    विषादी र रासायनिक मलको प्रयोग विना जैविक प्रविधिको प्रयोग गरेर खेती गरी वातावरण संरक्षण तथा कृषकको आयआर्जन सुधार गर्ने उद्देश्यले प्रदेश सरकारले सबै स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले खिवाङ र खाम्लालाई सिफारिस गरेको थियो । सहकारीअन्तर्गत ५५ घरधुरी कृषक कार्यक्रममा आबद्ध भएका छन् । कार्यक्रममार्फत कृषि औजार, सामग्री, बिरुवा, बीउ वितरण, सिँचाइ पोखरी निर्माण, तालीम सञ्चालन गरिने सहकारीका अध्यक्ष रामबहादुर कामीले बताए ।

    सिँचाइका लागि एक ठूलो र दुई साना पोखरी निर्माण भइरहेका छन् । बीस पलास्टिक घर निर्माण गर्ने, २० थोपा सिँचाई सेट तथा गोलभेँडा, खुर्सानी, काउली, बन्दा आदि जातका तरकारीका बीउ र छ मिनिटेलर हलो वितरण गर्ने कार्यक्रम छ । तीन हजार सुन्तला, दुई हजार ५०० कागतीका बिरुवा वितरण गर्ने र ३५५ खाडल खन्न अनुदान उपलब्ध गराइने भएको छ ।

    तरकारी र फलफूल खेतीसम्बन्धी तीन÷तीन दिनको तालीम प्रदान गरिएको छ । खाम्ला र खिवाङ धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गमा पर्छ । यहाँ तरकारी उत्पादन भएपछि स्थानीयवासीले दैनिकरुपमा स्वच्छ र ताजा तरकारी उपभोग गर्न पाउने मात्र नभई नजिकैको बजार तथा पदयात्रा र आरोहणमा आउनेलाई बिक्री गर्न सक्छन् ।

    भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने हालसम्म सडक सुविधा नपुगेको खिवाङ र खाम्लामा नमूना कृषि कार्यक्रम लागू भएकामा स्थानीयवासी उत्साहित भएका छन् । प्रदेश सरकारले बेनीको सिङ्गा सुर्केमेला, बास्कुना, मङ्गलाको कोत्रवाङ, सिम, तोराखेत, सातबिसे, पोक, मालिकाको बिम, रघुगङ्गाको भगवती घट्टटोल र अन्नपूर्णको भुरुङ्ग तातोपानीमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन गरेको छ ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology