Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गणतन्त्र दिवसमा उपराष्ट्रपति पुनको अपिल "कोरोना संक्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लागौ"

गणतन्त्र दिवसमा उपराष्ट्रपति पुनको अपिल "कोरोना संक्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लागौ"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १५, २०७८ शनिवार • १०:५०:५९ बजे
  • 1.1K
    SHARES
  • गणतन्त्र दिवसमा उपराष्ट्रपति पुनको अपिल "कोरोना संक्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लागौ"

    पोखरा । उपराष्ट्रपति नन्दबहादुर पुनले पछिल्लो पटक उत्पन्न राजनीतिक समस्याको सही समाधान हुनेमा आफू आशावादी रहेको बताउनुभएको छ । गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सार्वभौम संविधानसभाबाट जारी संविधान, जनअभिमत, जनताको सर्वोच्चता र न्यायिक मूल्यमान्यताका आधारमा समस्या छिट्टै समाधान हुने कामना गर्नुभएको छ ।

    images

    राजनीतिक समस्याबीच पनि सरकार, राजनीतिक दल र सबै पक्षलाई कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न तथा गम्भीर सङ्क्रमितको प्रभावकारी उपचारमा एकजुट भएर लाग्न उपराष्ट्रपतिले अपिल गर्नुभएको छ । उहाँले गणतन्त्र प्राप्तिको क्रान्ति र आन्दोलनमा सहभागी सबै नेपाली नागरिकलाई सम्मानका साथै बधाई ज्ञापन गर्नुभएको छ ।

    उपराष्ट्रपति नन्दबहादुर पुनले भन्नुभएको छ संविधान कार्यान्वयनका क्रममा सङ्घीय, प्रादेशिक र स्थानीय गरी तीन तहमा सरकार बनेका छन् । महिला, आदिवासी जनजाति, दलित, मधेशी, अल्पसङ्ख्यक, उत्पीडित क्षेत्रका समुदायका हकअधिकारलाई संविधानतः थुप्रै अधिकार दिइएको छ। तर, विकासको स्वाभाविक प्रक्रियाले हुने परिवर्तनभन्दा आधारभूत नेपाली जनताको आर्थिक-सामाजिक जीवनमा परिवर्तन ल्याउन सकेका छैनौँ । एकात्मक, सामन्तवादी, पुराना सोच, शैली विद्यमान छन् । यसले जनतामा निराशा बढ्न थालेको सहजै महसुस गर्न सकिन्छ ।

    गणतन्त्रलाई परिष्कृत गर्नका लागि संविधानसम्मत चल्न र जनअभिमतको कदर गर्न अनिवार्य रहेको जनाउँदै उहाँले राजनीतिक स्थायित्व, संविधानको संरक्षण, पालन तथा विकास र समृद्धिका लागि प्राप्त भएको जनमतलाई सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

    गणतन्त्र दिवसले गणतन्त्रलाई परिस्कृत, जनमतको कदर, भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधिनता, राष्ट्रियता सुदृढ, राजनीतिक समस्याको निराकरण र कोरोना भाइरसको महाव्याधि नियन्त्रण गर्न सबै नेपालीलाई प्रेरणा दिने उहाँले विश्वास व्यक्त गर्नुभएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology