Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गणतन्त्र दिवसमा सभामुख सापकोटाकोसन्देश"सर्वोच्च पदमा रहनेहरुकै कारण गणतन्त्र र संविधानमाथि सङ्कट"

गणतन्त्र दिवसमा सभामुख सापकोटाकोसन्देश"सर्वोच्च पदमा रहनेहरुकै कारण गणतन्त्र र संविधानमाथि सङ्कट"

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १५, २०७८ शनिवार • १०:५४:०६ बजे
  • 1.7K
    SHARES
  • गणतन्त्र दिवसमा सभामुख सापकोटाकोसन्देश"सर्वोच्च पदमा रहनेहरुकै कारण गणतन्त्र र संविधानमाथि सङ्कट"

    पोखरा । सभामुख अग्निप्रसाद सापकोटाले गणतन्त्र र संविधानमाथि सङ्कट आइलागेको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै सभामुख सापकोटाले सर्वोच्च पदमा रहनेहरुकै कारण गणतन्त्र र संविधानमाथि सङ्कट आएको बताउँदै यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नु पर्ने आवश्यकता पैदा भएको उल्लेख गर्नुभएको छ ।

    images

    संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने सापकोटाको भनाइ छ । संविधानको मर्म र भावनाअनुसार अघि बढ्न, राष्ट्रहित, गणतन्त्र र संविधानको रक्षार्थ एकजुट हुँदै उद्देश्यप्रति समर्पित हुन सबैमा प्रेरणा मिलोस् भनेर सापकोटाले कामना पनि गर्नुभएको छ । 

    नेपाल आमाका हजाराैँ होनहार छोराछोरीको बलिदानको बलमा प्राप्त गणतन्त्रलाई संस्थागत गर्ने संविधानको कार्यान्वयन गर्ने र सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सिद्धान्तलाई संविधानले निर्दिष्ट गरेअनुसार कार्यान्वयन गर्नु र गराउनु राज्यको सर्वोच्च ओहोदामा रहेका पदाधिकारीहरुको पहिलो कर्तव्य भएको सापकोटाले बताउनुभएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology