Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रचण्ड र नेपाल, गणतन्त्र स्थापनाको युगान्तकारी महानायक : गौतम

प्रचण्ड र नेपाल, गणतन्त्र स्थापनाको युगान्तकारी महानायक : गौतम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १५, २०७८ शनिवार • १४:२८:०६ बजे
  • 2.3K
    SHARES
  • प्रचण्ड र नेपाल, गणतन्त्र स्थापनाको युगान्तकारी महानायक : गौतम

    नेकपा एमालेका नेता वामदेव गौतमले पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधव कुमार नेपाललाई गणतन्त्र स्थापनाको युगान्तकारी संघर्षका महानायकको संज्ञा दिएका छन् ।

    images

    १४औँ गणतन्त्र दिवसका अवसरमा गौतमले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा नलिइ तत्कालीन एमालेको गणतन्त्रको निर्णय गर्दा झापा संघर्षका मुख्य तीन नेता विरुद्धमा रहेको दाबी गरेका छन् । गौतमले गणतन्त्र स्थापनाका तीन महानायकमध्ये गिरिजाप्रसाद "कोइराला" अहिले नरहेको र प्रचण्ड तथा नेपाल नेपाली राजनीतिमा सक्रिय रहेको भन्दै ओलीलाई गणतन्त्रविरोधी कित्तामा राख्न खोजेका छन् ।

    गौतमले भनेका छन्,“बिडम्बना नै भन्नुपर्छ नेकपा एमालेको कन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता "विरुद्धमा" हुनुहुन्थ्यो । त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिए ।

    गौतमले झापा संघर्षका मुख्यतः तीन नेता भनेर ओली, सिपी मैनाली र राधाकृष्ण मैनालीलाई लक्षित गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # युगान्तकारी महानायक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology