Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोभिड १९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन

कोभिड १९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १५, २०७८ शनिवार • १६:४९:१३ बजे
  • 889
    SHARES
  • कोभिड १९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन

    पोखरा । सरकारले कोभिड १९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षका लागि अध्यादेशमार्फत आएको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले खोपका लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

    images

    अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ । आर्थिक वर्ष २०७८ ७९ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री विषणु प्रसाद पौडेलले यस्तो घोषणा गरेका हुन् । यस्तै सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदन दिने पनि बजेटमा उल्लेख छ ।

    साथै अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पनि सरकारले सहुलियत घोषण गरेको छ । कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # बजेट सार्वजनिक
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology