Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साम्राज्ञी राज्यलक्ष्मी विरुद्ध अभिनेता भुवन केसीले काठमाडौं जिल्ला अदालतमा गरे मुद्दा दर्ता

साम्राज्ञी राज्यलक्ष्मी विरुद्ध अभिनेता भुवन केसीले काठमाडौं जिल्ला अदालतमा गरे मुद्दा दर्ता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

श्रावण ९, २०७७ शुक्रवार • १९:४०:२१ बजे
  • 1.2K
    SHARES
  • साम्राज्ञी राज्यलक्ष्मी विरुद्ध अभिनेता भुवन केसीले काठमाडौं जिल्ला अदालतमा गरे मुद्दा दर्ता
    अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मीविरुद्ध अभिनेता भुवन केसीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् ।

    साम्राज्ञीविरुद्ध केसीले गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गराएका हुन् । अभिनेत्री साम्राज्ञीले फिल्म ड्रिम्समा आफुलाई विभेद गरेको र केसीले फिल्ममा काम गर्ने बेलामा र जापानमा अवार्ड कार्यक्रमका क्रममा पनि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

    यसअघि अभिनेता भुवन केसीले साम्राज्ञी राज्यलक्ष्मी शाहले लगाएको दुर्व्यवहारको आरोपले आफ्नो चरित्र हत्या भएको भन्दै कलाकार संघमा उजुरी दिएका थिए ।

    संघमा विवाद नमिलेपछि केसी अदालत गएका हुन् । उनले आफूविरुद्ध लगाइएको आरोप निराधार र मनगढन्ते भएको दाबी गर्दै आएका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology