Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायती प्रधानमन्त्री जोन्सनले २३ वर्ष कान्छी प्रेमिकासँग 'गुपचुप' गरे तेस्रो विवाह

बेलायती प्रधानमन्त्री जोन्सनले २३ वर्ष कान्छी प्रेमिकासँग 'गुपचुप' गरे तेस्रो विवाह

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १६, २०७८ आइतवार • ०९:५४:१५ बजे
  • 949
    SHARES
  • बेलायती प्रधानमन्त्री जोन्सनले २३ वर्ष कान्छी प्रेमिकासँग 'गुपचुप' गरे तेस्रो विवाह

    बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले 'गुपचुप' विवाह गरेका छन्। ब्रिटिस अखबारहरूले जनाएअनुसार ५६ वर्षीय प्रधानमन्त्री जोन्सनले शनिबार एकदमै थोरै मानिसहरूलाई बोलाएर ३३ वर्षीया प्रेमिका क्यारी सिमोन्ड्ससँग लगनगाँठो कसेका हुन्।

    images

    वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको समाचारमा उल्लेख गरिएको छ। बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि जारी भएको मापदण्डमा विवाहमा ३० जना मानिसमात्र सहभागी हुन पाइन्छ।

    जोन्सनको विवाहका बारे प्रधानमन्त्री कार्यालयकै धेरै मानिसलाई थाहा दिइएको थिएन। विवाह समारोहमा सहभागीहरूले सामाजिक सञ्जालमा नयाँ दम्पतीलाई शुभकामना दिएपछि जोन्सनले विवाह गरेको खुलेको हो।

    जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि रोमान्टिक सम्बन्धमा थिए। उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए। गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन्। जोन्सनले यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएका थिए। एजेन्सी

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology