Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वी एसियाली मुलुक भियतनाममा कोरोनाभाइरसको नयाँ भेरियन्ट(प्रकार) फेला

पूर्वी एसियाली मुलुक भियतनाममा कोरोनाभाइरसको नयाँ भेरियन्ट(प्रकार) फेला

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १६, २०७८ आइतवार • ०९:५९:४४ बजे
  • 1.0K
    SHARES
  • पूर्वी एसियाली मुलुक भियतनाममा कोरोनाभाइरसको नयाँ भेरियन्ट(प्रकार) फेला

    पूर्वी एसियाली मुलुक भियतनाममा कोरोनाभाइरसको नयाँ भेरियन्ट(प्रकार) फेला परेको छ। एक वर्षसम्म कोरोनाभाइरसलाई नियन्त्रणमा राखेका भियतनामका सरकारी अधिकारीहरूले आफ्नो देशमा पछिल्लो समय इन्डियन र युके भेरियन्ट दुबैको विशेषता भएको नयाँ भेरियन्ट फेला परेको बताएका छन्।

    images

    भियतनामका स्वास्थ्य मन्त्री एनगुयन थान्ह लोङले उक्त भेरियन्टमा इन्डियन भेरियन्टजस्तो तीव्र म्युटेसन हुने र युके भेरियन्टजस्तो बढी घातक हुने दुबै विशेषता रहेको बताए। यो भेरियन्टको भाइरस हावाका माध्यमबाट छिटो फैलिने भएकाले निकै खतरनाक रहेको उनले बताए।

    भियतनाममा अहिलेसम्म ६ हजार ८ सय मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ भने ४७ जनाले ज्यान गुमाएका छन्। गत अप्रिलयता त्यहाँ नयाँ भेरियन्टको भाइरस फैलिइरहेको छ। भियतनाममा यसअघि भाइरसका ४ वटा युके भेरियन्ट र तीन वटा इन्डियन भेरियन्ट फेला परेका थिए।

    स्वास्थ्य मन्त्री लोङले छिटै नयाँ भेरियन्टको जिनम डाटा प्रकाशन गर्ने बताएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अधिकारीहरूले भने भियतनाममा भेटिएको नयाँ भेरियन्टबारे अध्ययन भइनसेको र त्यहाँ रहेको आफ्नो कार्यालयले सरकारी अधिकारीसँग मिलेर काम गरिरहेको जनाएको छ।

    भियतनाममा भेटिएको भेरियन्ट यसअघि भारतमा भेटिएको बी.१.६१७.२ भेरियन्ट भएको र त्यहाँ बढी संक्रामक देखिएको हुन सक्ने डब्लुएचओका अधिकारीहरूको अनुमान छ । एजेन्सी

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology