Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

२४ घन्टामा १३३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १८,३७४ पुग्यो

२४ घन्टामा १३३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १८,३७४ पुग्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ९, २०७७ शुक्रवार • १९:५३:०८ बजे
  • 1.7K
    SHARES
  • २४ घन्टामा १३३ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या १८,३७४ पुग्यो
    पछिल्लो २४ घन्टामा १ सय ३३ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

    नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नयाँ संक्रमित १ सय ३३ जनासहित देशभेर संक्रमितको संख्या १८ हजार ३ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण भएको जानकारी दिए ।

    संक्रमितमध्ये १२ हजार ९ सय ४७ जना उपचारपछि घर फर्किएका छन् भने ४३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology