Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदको उपचुनाव अन्तर्गत मतदान शुरू

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदको उपचुनाव अन्तर्गत मतदान शुरू

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०७८ सोमवार • १०:०७:५७ बजे
  • 1.1K
    SHARES
  • लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदको उपचुनाव अन्तर्गत मतदान शुरू

    लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य पदको उपचुनाव अन्तर्गत मतदान शुरू भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा जारी मतदानमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पहिलो मतदान गरे ।

    images

    उपनिवार्चनमा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का र विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे प्रतिष्पर्धामा छन् । कांग्रेसको तर्फबाट उम्मेदवार बनेका पाण्डेलाई नेकपा (माओवादी केन्द्र) जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको छ ।

    एमाले उम्मेद्वार खड्कालाई जसपाको महन्त ठाकुर पक्षले समर्थन गरेको छ । ३०० जना मतदाता रहेको निर्वाचनको मतदान आज दिउसो ३ बजेसम्म चल्ने निर्वाचन आयोगका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । खड्का एमालेमा प्रवेश गरेपछि उनको पद माओवादी केन्द्रले कारवाही गरेपछि खारेज हुँदा उपचुनाव हुन लागेको हो ।

    "राष्ट्रिय" सभा सदस्यको निर्वाचनमा मतभार प्रदेशको १ बराबर ४८ र स्थानीय तहको १ बराबर १८ हुन्छ । लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय प्रमुख र उपप्रमुख र लुम्बिनी प्रदेशसभाका ८३ सांसद रहेका छन ।

  • सम्बन्धित विषय:

  • # मतदान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology