Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बहराइनका राजकुमारसहितको टोलीलाई लिन विशेष जहाज काठमाडौं आउँदै

बहराइनका राजकुमारसहितको टोलीलाई लिन विशेष जहाज काठमाडौं आउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०७८ सोमवार • १०:११:५८ बजे
  • 766
    SHARES
  • बहराइनका राजकुमारसहितको टोलीलाई लिन विशेष जहाज काठमाडौं आउँदै

    सगरमाथा आरोहणका लागि नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीलाई लिन विशेष जहाज काठमाडौं आउँदैछ । बहराइनका राजकुमार मोहम्मद हमाद अल खालिफासहितको सदस्यलाई लिन विशेष जहाज आज साँझ साढे ५ बजे काठमाडौं आउने तालिका रहेको छ । टोलीलाई लिएर जहाज भोलि मात्रै फर्कनेछ ।

    images

    सगरमाथा आरोहणका लागि राजकुमारसहित १० जनाको टोली गएको चैत २ गते नेपाल आएको थियो । उक्त टोलीले वैशाख २८ गते सगरमाथा आरोहण गरेको थियो । सगरमाथाको उचाइ बढेर ८ हजार ८४८.८६ मिटर कायम भएपछि पहिलो अन्तर्राष्ट्रिय आरोहीको रुपमा राजकुमारको टोली सगरमाथाको चुचुरोमा पुगेका थिए ।

    बहराइनका <राजकुमार> खालिफासहितको टोलीले अघिल्लो वर्ष लोबुचे र मनास्लु हिमालको पनि सफल आरोहण गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # राजकुमार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology