Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

मन्त्रालय भागभण्डा

मन्त्रालय भागभण्डाको लागी बालुवाटारमा छलफल हुदैँ

मन्त्रालय भागभण्डाको लागी बालुवाटारमा छलफल हुदैँ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १७, २०७८ सोमवार • ११:०६:५९ बजे
  • 541
    SHARES
  • मन्त्रालय भागभण्डाको लागी बालुवाटारमा छलफल हुदैँ

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो बीच सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री निवासमा छलफल भइरहेको छ ।

    images

    बिहान १० बजेदेखि शुरु भएको छलफलमा जसपा कहिले सहभागी हुने र मन्त्रालयको संख्याको विषयमा कुराकानी हुने बताइएको छ । प्रधानमन्त्री अ‍ोलीले पाँच मन्त्री र दुई राज्यमन्त्री दिने जसपालाई अफर गरेका छन् भने जसपा नेपालले आठ मन्त्री र दुई राज्य मन्त्रीको माग गरेको जसपा स्रोत बताउँछ ।

    जसपाले कुन–कुन मन्त्रालय पाउने भन्ने विषयमा आजको छलफल केन्द्रीत हुने बुझिएको छ ।

    नेपालगञ्जका मेयर राणाद्वारा राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार

    दाङ । लुम्बिनी प्रदेशको रिक्त एक सिटमा आज भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले बहिष्कार गरेका छन ।

    बिहान ९ बजेदेखि दाङमा उपनिर्वाचनको मतदान भइरहेका बेला राणाले सामाजिक सञ्जालमार्फत निर्वाचन आफ्नो प्राथमिकतामा नपरेको र मतदान नगर्ने निर्णय गरेको उल्लेख गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा निर्वाचित राणाले भनेका छन्, ‘मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकाले काँग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु ।’

    लुम्बिनी प्रदेशमा राप्रपाका राणासहित दुई जना जनप्रतिनिधि रहेका छन् ।​ राष्ट्रिय सभा सदस्य चयनका लागि दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा विहान ९ बजेदेखि मतदान जारी छ ।

    दिउँसो ३ बजेसम्म हुने मतदानको नतिजा सोमबार नै आउनेछ । निर्वाचनमा नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् ।

  • सम्बन्धित विषय:

  • # मन्त्रालय भागभण्डा
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology