Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच जना प्रहरीको मृत्यु

हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच जना प्रहरीको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १८, २०७८ मंगलवार • १२:०२:५६ बजे
  • 1.6K
    SHARES
  • हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच जना प्रहरीको मृत्यु

    पोखरा । कोलम्बियामा हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार पाँच जना प्रहरीको मृत्यु गएको छ । सो हेलिकोप्टर कोलम्बियाको बोगोटाबाट पश्चिमतर्फको एक ग्रामीण क्षेत्रमा दुर्घटना ग्रस्त भएको थियो ।

    images

    दुर्घटना आइतबार भएको र त्यसमा सबार रहेका पाँच जना प्रहरी अधिकारीहरुको मृत्यु भएको कोलम्बियाका राष्ट्रपति इभान डुकले जानकारी दिए । विज्ञप्ति जारी गर्दै उनले कोलम्बियाको प्रहरी सेवामा रहेका पाँच जना अधिकृतले ज्यान गुमाउनु परेकोमा निकै दुःख लागेको बताएका छन् ।

    ग्रामीण क्षेत्रमा हेलिकोप्टर दुर्घटनामा भएको बताइएको छ । ती प्रहरीहरू त्यहाँको लागू औषधसम्बन्धी विभागमा कार्यरत अधिकारी रहेको बताइएको छ ।

    दुर्घटनाको कारणका बारे अनुसन्धान जारी नै रहेको कोलिम्बियाली प्रहरी सेवाका प्रवक्ताले जानकारी दिएका छन् ।रासस

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology