Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संवैधानिक इजलास

दुई न्यायाधीशले छाडे संवैधानिक इजलास, २३ गतेसम्मका लागि सुनुवाइ स्थगित

दुई न्यायाधीशले छाडे संवैधानिक इजलास, २३ गतेसम्मका लागि सुनुवाइ स्थगित

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ १८, २०७८ मंगलवार • १५:००:१० बजे
  • 2.1K
    SHARES
  • दुई न्यायाधीशले छाडे संवैधानिक इजलास, २३ गतेसम्मका लागि सुनुवाइ स्थगित

    पोखरा । जेठ २३ गतेसम्मका लागि प्रधान्याधीशचोलेन्द्र शमशेर जबराले इजलास स्थगित गरेका छन ।

    images

    दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध परेका रिटको सुनुवाइ गर्नका लागि गठन गरिएको संवैधानिक इजलासबाट दुई न्यायाधीश दीप कुमार कार्की र आनन्दमोहन भट्टराईले इजलास छाड्ने निर्णय गरेपछी प्रधानन्याधिसले इजलास स्थगित गरेका हुन ।

    रिट निवेदक पक्षका कानुन व्यवसायीले संवैधानिक इजलासमा राखिएका न्यायाधीश द्वय तेज बहादुर केसी र बम कुमार श्रेष्ठले इजलास छाड्नु पर्ने माग गरेका थिए । श्रेष्ठ र केसीले इजलास छाड्न नमानेपछि इजलासमा रहेका अन्य दुई न्यायाधीश भट्टराईले र कार्कीले इजलास छाडेका हुन् । वैधानिक इजलासमा रहेका दुई न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरू इजलासबाट अलग भएको जानकारी गराएपछि सुनुवाइ स्थगित भएको हो ।

    न्यायाधीशद्वयका तर्फबाट न्यायाधीश कार्कीले पत्र पढेर सुनाएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २३ गतेसम्मका लागि सुनुवाइ स्थगित भएको घोषणा गरे । मंगलबार बिहान प्रधानन्यायाधीश जबरा र नेपाल बार एसोसिएसनका पदाधिकार र सदस्यहरु छलफलमा बसेका थिए ।

    सो छलफलपछि नियमावली संशोधन गरेर वरिष्ठताका आधारमा न्यायाधीश रहने गरी संवैधानिक इजलास गठन गर्ने व्यवस्था गर्न प्रधानन्यायाधीश जबरा तयार भएका थिए।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology