पोखरा । आज बसेको नेकपा एमालेको स्थायी समिति बैठकले पार्टी एकता जोगाउन हदै सम्मको लचकता अपनाउने निर्णय गरेको छ ।
बैठक सकिएपछी पत्रकारहरुलाई प्रतिकिया दिदै परराष्ट्रमन्त्री एव पार्टी प्रवक्ता समेतरहेका प्रदिप ज्ञवालीले पार्टी एकता कायम राख्न अन्तिम सम्म प्रयन्त गर्ने विषयमा छलफल भएको जानकारी दिए ।
ज्ञवालीले अहिले वार्ता टोली क्रियाशील नरहेकोले एकताको लागि अन्य संयन्त्रबाट पहल भइरहेको बताए ।वार्ता टोलीमा माधव नेपाल पक्षको संयोजक रहेका भीम रावल साधारण सदस्यबाटै निष्कासित भइसकेका छन् । यसबीचमा दुवै पक्षबीच भएका वार्तामा भीम रावल बाहेकका नेताहरु बस्ने गरेका छन् ।
प्रवक्ता ज्ञवालीले एमालेका उम्मेदवारलाई हराउन भूमिका खेलेर गर्व गर्ने प्रवृति माधव नेपाल पक्षमा देखिए पनि आफूहरु पार्टी विभाजन हुन नदिन हदैसम्मको लचिलो बनेको बताए ।
ज्ञवालीका अनुसार यसबाहेक बैठकमा गत शनिबार सरकारले जारी गरेको बजेटका विषयमा छलफल भएको थियो । बैठकले अहिलेको आवश्यकतालाई पूर्ति गर्ने र जनताको चाहना अनुरुप बजेट आएको निष्कर्ष निकालेको थियो ।
साथै सरकारको प्रयासबाट कोभिड संक्रमणको अवस्थामा सुधार आएको र अझै सतर्कता आवश्यक भएको भनी बैठकमा छलफल भयो । लुम्बिनीको राष्ट्रियसभाको उपनिर्वाचनको समीक्षा पनि बैठकमा भएको प्रवक्ता ज्ञवालीले बताए ।