Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना

संसारभर कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै

संसारभर कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १०, २०७७ शनिवार • ०८:२०:५८ बजे
  • 1.8K
    SHARES
  • संसारभर कोरोना संक्रमितको संख्या अहिलेसम्मकै धेरै
    एजेन्सी । कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या झण्डै तीन लाख पुगेको छ ।संसारभर पछिल्लो २४ घन्टामा संक्रमितको संख्या २ लाख ८८ हजार ३ सय ५८ थपिएको छ ।

    यो संख्या अहिलेसम्मकै धेरै हो । हिजो संक्रमितको संख्या २ लाख ७९ हजार पुगेको थियो । सबैभन्दा धेरै अमेरिकामा एकदिन ७७ हजार ९ सय ८९ जनामा कोरोना संक्रमण भएको छ । ब्राजिलमा ५८ हजार २ सय ४९ जना र भारतमा ४८ हजार ८ सय ९२ जनामा कोरोना संक्रमण भएको छ ।

    पछिल्लो २४ घन्टामा दक्षिण अफ्रिकामा १३ हजार ९ सय ४४, मेक्सिकोमा ८ हजार ४ सय ३८, कोलम्वियामा ७ हजार १ सय ६८, अर्जेन्टिनामा ५ हजार ४ सय ९३ र रसियामा ५ हजार ८ सय ११ जनामा कोरोना संक्रमण भएको छ । लकडाउन खुकुलोसँगै संसारभर संक्रमितको संख्या ह्वात्तै बढेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । जोखिम थप बढ्दै गएको छ । हरेक दिन झण्डै ३ लाखको हाराहारीमा नयाँ संक्रमित थपिन थालेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology