एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार अपरान्ह ४ बजेका लागि बोलाइएको बैठक अब बिहीबार अपरान्ह बस्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए ।
मंगलबार बसेको बैठकले पार्टी एकताका लागि अन्तिमसम्म कोसिस गर्ने निर्णग गरेको थियो । त्यसपछि विभिन्न चरणमा भएका अनौपचारिक छलफल निष्कर्षमा नपुगेपछि बुधबारका लागि बोलाइएको बैठक अर्को दिनसम्मका लागि स्थगित भएको बताइएको छ ।