नेकपा एमालेले माधव नेपाल पक्षले बोलाएको भनिएको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई सचेत गराएको छ । केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले आज बिहानै प्रेस वक्तव्य जारी गर्दै पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन सचेत गराएका हुन् ।
‘पार्टी केन्द्रीय कमिटीका सदस्य कमरेडहरुलाई पार्टीको विधान र मुलुकको कानून विपरितको त्यस्ता क्रियाकलापमा सहभागी नहुन सुचित गर्दछु’ वक्तव्यमा भनिएको छ ।
सचिव तामाङले अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था रहेको स्मरण गराएका छन् । माधव नेपाल पक्षले आज विहान ११ <बजे> केन्द्रीय समिति बैठक बोलाएको छ ।
