Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेपाल–खनाल समूहलाई, अलग पार्टी खोल्न दवाव

नेपाल–खनाल समूहलाई, अलग पार्टी खोल्न दवाव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०७८ बिहिवार • ०९:५८:२४ बजे
  • 1.3K
    SHARES
  • नेपाल–खनाल समूहलाई, अलग पार्टी खोल्न दवाव

    नेकपा एमालेको कारबाहीमा परेका वरिष्ठ नेता माधव कुमार नेपालले आफ्नो समूहको केन्द्रीय समिति बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न भन्दै नेता नेपालले बैठक बोलाएका हुन । एमालेबाट निष्कासनमा परेको नेपाल–खनाल समूहले आज ११ बजेका लागि बैठक बोलाएको हो ।

    images

    आजको बैठक भर्चुअल माध्यमबाट हुने बताइएको छ । पार्टी एकतालाई कायम राख्नका लागि दोस्रो पुस्ताका नेताहरु सक्रिय रहेका बेला खनाल–नेपाल समूहमा अन्तर्विरोध झनै चुलिएको छ ।

    नेता नेपालको जानकारीबिना नै योगेश भट्टराई, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डे लगायतका नेता संस्थापनसँग वार्तामा रहेको बताइएको छ । खनाल–नेपाल समूहको हिजो सम्पनन बैठकमा जनवर्गीय संगठनका अधिकांश नेतृत्वले अलग पार्टी खोल्न दवाव दिएका थिए । <आज> हुने केन्द्रीय कमिटीको बैठकबाट यसबारे औपचारिक निर्णय लिने नेपाल समूहको तयारी छ ।

  • सम्बन्धित विषय:

  • # नेपाल–खनाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology