Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमालेलाई समर्थन गर्ने जनमोर्चाका गण्डकी प्रदेश सांसद थापा पदमुक्त

एमालेलाई समर्थन गर्ने जनमोर्चाका गण्डकी प्रदेश सांसद थापा पदमुक्त

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २०, २०७८ बिहिवार • १५:०२:५८ बजे
  • 1.3K
    SHARES
  • एमालेलाई समर्थन गर्ने जनमोर्चाका गण्डकी प्रदेश सांसद थापा पदमुक्त

    पोखरा । दलको निर्देशन उल्लंघन गरी विपक्षी गठबन्धनका तर्फबाट गण्डकी प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावको विपक्षीमा उभिएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पार्टीले पदमुक्त गरेको छ ।

    images

    बिहीबार जनमोर्चाको गण्डकी प्रदेश संसदीय दलले उनलाई पदमुक्त गर्न प्रदेशसभा सचिवालयलाई पत्राचार गरेअनुसार सभामुखले बैठकमा कारबाहीसम्बन्धी पत्र पढेर सुनाइसकेका छन्। राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र राजमोकी दलको नेता पियारी थापाले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै थापाको प्रदेशसभा सदस्य पद खारेजीका सचिवालयमा पत्र बुझाएका थिए ।

    राजमोले यसअघि थापालाई आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन समेत गरिसकेको थियो । थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेपछि गण्डकीमा एमालेको सरकार जोगिएको थियो ।

    अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिनमै पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । तर थापाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरेपछि बहुमत नपुग्दा प्रदेश प्रमुख सीता पौडेलले संसद्मा सहभागी सबैभन्दा ठूलो दलको हैसियतले एमालेका दलका नेता गुरुङलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology