एमाले वरिष्ठ नेता झलनाथ खनालले नयाँ पार्टी खोल्न ढिला गर्न नहुने बताएका छन् । नेपाल समूहका केन्द्रीय सदस्यहरूसँगको भर्चुअल छलफलमा सम्बोधन गर्दै नेता खनालले यस्तो अभिव्यक्ति राखेका हुन् ।
ओलीले सहमतिको नाममा नाटक गरिरहेको भन्दै उनले एकताका लागि इमानदार नभएको टिप्पणी सम्बोधनका क्रममा गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
नेता खनालको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘हामी ७० वर्ष कटेका नेतालाई के जिम्मेवारी दिने हो दिनुस्, तपाईंहरू अगाडि बढ्नुस्, क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाऔँ।’ पार्टी पुनर्गठनको प्रसंग निकाल्दै खनालले भनेका थिए, ओलीले अहिले गोर्वाचोभकै लाइनमा कम्युनिस्ट पार्टीलाई विसर्जनतर्फ लगेका छन्, वार्ताको भ्वाङमा फस्नु हुँदैन ।
वार्ता समयअनुसार जहिले पनि हुन्छ, अहिले पुनर्गठन गरेर जानुपर्छ।