Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा सांसदबाट हटाइए

राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा सांसदबाट हटाइए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०७८ बिहिवार • १९:१०:३८ बजे
  • 1.3K
    SHARES
  • राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापा सांसदबाट हटाइए

    राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ । राजमोको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ ।

    images

    प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभा अन्तर्गत राजमोकी सचेतक पियारी थापाले उनलाई सांसद पदबाट हटाइएको पत्र सचिवालयमा बुझाएको बताए ।

    पोखरेलका अनुसार उक्त निवेदन दिउँसो १२स्२५ मा सचिवलायमा दर्ता भएको छ । बिहीबार १ बजे बस्ने प्रदेशसभाको बैठकमा सूचना पढाएर सुनाइने जनाइँदै पोखरेलले निवेदकको माग बमोजिम सांसद पद खारेज हुने बताए ।

    यसभन्दा अघि थापालाई पार्टीले कारबाही गर्दै आजीवन केन्द्रीय सदस्य हुन नपाउने र एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गर्दै दलको नेताबाट पनि हटाएको थियो ।

    सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आएका थिए । थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित (सांसद) हुन् ।

  • सम्बन्धित विषय:

  • # कृष्ण थापा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology