Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

लकडाउनमा काम नपाए पछि वेश्यावृत्तिमा लागेका दुई अभिनेत्री पक्राउ

लकडाउनमा काम नपाए पछि वेश्यावृत्तिमा लागेका दुई अभिनेत्री पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०७८ बिहिवार • २३:२०:५७ बजे
  • 4.3K
    SHARES
  • लकडाउनमा काम नपाए पछि वेश्यावृत्तिमा लागेका दुई अभिनेत्री पक्राउ

    भारतमा बुधबार दिउँसो  एक घरमा छापामारीको क्रममा प्रहरीले सेक्स -याकेटको पर्दाफास गरेको छ । भारतको ठाणे क्राइम ब्रान्च युनिट १ को टीमले अनुसन्धान गर्दा दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँचजनालाई पक्राउ गरेको छ । सोधपुछ गर्दा उनीहरुले लकडाउन काम नपाएका कारण वेश्यावृत्तिको काम सुरु गरेको प्रहरीलाई बताए ।

    images

    स्रोतका अनुसार पक्राउ परेका दुई अभिनेत्रीले लकडाउनका कारण काम नपाएका कारण उनीहरुलाई आर्थिक अभाव भएको र केही सीप नलागेर यो पेशालाई अपनाउन बाध्य भएका हुन् । जानकारीमा दिइए अनुसार दुबै अभिनेत्री मुम्बईमा एउटा ठूलो सेक्स र्‍याकेट एजेन्टको सम्पर्कमा थिए । तर वेश्यावृत्तिका लागि उनीहरुले ठाणे शहरलाई छाने किनभने त्यहाँ प्रहरीको खासै डर थिएन ।

    तरपनि उनीहरुलाई प्रहरीले पक्राउ गर्यो । दलालले ग्राहकसँग एक रातको लाखौं रकम असुल गरेको पनि भारतीय सञ्चार माध्यमले बताएको छ । छापामारीको क्रममा प्रहरीले दुई अभिनेत्रीसमेत दुई महिला एजेन्ट र एक पुरुष दलालसमेत पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले यसलाई हाई प्रोफाइल <सेक्स> र्‍याकेट बताएको छ र यसबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको बताएको छ ।

    पक्राउ परेका मानिसहरुसँग सोधपुछ गरिँदैछ र यससँग सम्बन्धित थप मानिसहरुमाझ प्रहरी अब पुग्ने प्रयास गरिरहेको छ । पक्राउ परेपछि यी दुई अभिनेत्रीले प्रहरीसँगको कुराकानीमा आफूहरुसँग काम नभएका कारण पैसा पनि नभएको र कसैले केही मद्दत पनि नगरेका कारण बाध्यतामा यस्तो पेशा गर्नुपरेको बताए ।

  • सम्बन्धित विषय:

  • # अभिनेत्री पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology