Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमालेको नेपाल खनाल पक्षीय १७ जनसंगठनको चेतावनी, ओली नसच्चिए नयाँ पार्टी गठन हुन्छ

एमालेको नेपाल खनाल पक्षीय १७ जनसंगठनको चेतावनी, ओली नसच्चिए नयाँ पार्टी गठन हुन्छ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २०, २०७८ बिहिवार • २३:४३:४२ बजे
  • 1.2K
    SHARES
  • एमालेको नेपाल खनाल पक्षीय १७ जनसंगठनको चेतावनी, ओली नसच्चिए नयाँ पार्टी गठन हुन्छ

    नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल खनाल पक्षीय जनबर्गीय संगठनहरूले पार्टी अध्यक्ष केपी शर्मा ओली नसच्चिए नयाँ पार्टी गठन हुने चेतावनी दिएका छन्।

    images

    नेपाल निकटका १७ जनवर्गीय संगठनले आज संयुक्त विज्ञप्ति जारी गर्दै संविधान पार्टी विधान र पद्धतिविरूद्ध गरिएका सम्पूर्ण निर्णय सच्याएर एकतावद्ध एमाले बनाउन आग्रह गरेका छन्।

    उनीहरूले ओली नसच्चिए क्रान्तिको नयाँ झन्डा उठाउनेसमेत उल्लेख गरेका छन्। 'पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनाहरूलई २०७५ जेठ २ गतेको स्थितिबाट केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील बनाइयोस्। त्यसो नगरिए पार्टी र आन्दोलन विसर्जनको बाटोमा जानसक्छ।

    त्यस्तो अवस्था आएमा हामी त्यस्तो हुन दिने छैनौं,' उनीहरूले भनेका छन्,'जनताको लामो र कठोर संघर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति गौरवमय इतिहास बोकेको पार्टी र आन्दोलनको रक्षाको निम्ति नयाँ शिराबाट एकतावद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनु पर्नेछ।'

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology