Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भेदभाव र छुवाछुत २१औं शताब्दीको मानव समुदायका लागि लज्जा : प्रचण्ड

भेदभाव र छुवाछुत २१औं शताब्दीको मानव समुदायका लागि लज्जा : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २१, २०७८ शुक्रवार • ११:०८:१५ बजे
  • 2.0K
    SHARES
  • भेदभाव र छुवाछुत २१औं शताब्दीको मानव समुदायका लागि लज्जा : प्रचण्ड

    जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०७८ को अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन । मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१औं शताब्दीको मानव समुदायका लागि लज्जाको बिषय भन्दै अध्यक्ष प्रचण्डले सम्पूर्ण उत्पीडित र उपेक्षित जनसमुदायमा शुभकामना व्यक्त गरेका हुन ।

    images

    प्रचण्डद्वारा जारी शुभकामना विज्ञप्तीमा भनिएको छ, ‘आजको विकसित दुनियाँमा पनि जातीय भेदभाव र दलित समुदायमाथिका विभिन्न प्रकारबाट हिंसा भइरहेका छन् । संविधान र कानूनमा भएको व्यवस्था मात्र कठोरतापूर्वक कार्यान्वयन गर्न सके पनि यसप्रकारका हिंसा न्यूनीकरण हुन सक्छ र उत्पीडित समुदायहरुले न्यायको अनुभूति गर्न सक्छन् ।

    सामन्ती राज्य व्यवस्था विरुद्धको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी अहिले गुम्दै जाने खतरा पैदा भएको भन्दै सामन्तवादका उपज सामाजिक कलङ्कका रुपमा रहेको जातीय भेदभाव तथा छुवाछुत हटाई सामुदायिक सहिष्णुता कायम राख्न अग्रगामी शक्तिहरुका बीच एकतावद्ध पहलकदमीको आवश्यकतामा अध्क्ष प्रचण्डले जोड दिएका छन ।

    सामाजिक जागरण अभियान र कठोर कानूनी उपचारले मात्र यस्ता सामाजिक अपराधलाई निर्मूल गर्न सकिने प्रचण्डले उल्लेख गरेका छन । जातीय छुवाछुत, विभेद र हिंसा सम्बन्धी संविधान र कानूनमा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न राज्य संयन्त्रलाई निर्देशित गर्ने र जातीय हिंसा र छुवाछुतविरुद्ध <जनचेतना> लगायतका जागरणमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने प्रचण्डको सुझाव छ ।

    jatiya.jpg

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology