Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

प्रम ओली र ठाकुरबीच मध्यरातमा सहमति ,महतोको नेतृत्वमा ८ मन्त्री २ राज्यमन्त्री सहित आज सरकारमा सहभागी हुदैँ !

प्रम ओली र ठाकुरबीच मध्यरातमा सहमति ,महतोको नेतृत्वमा ८ मन्त्री २ राज्यमन्त्री सहित आज सरकारमा सहभागी हुदैँ !

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २१, २०७८ शुक्रवार • १२:१५:३६ बजे
  • 1.2K
    SHARES
  • प्रम ओली र ठाकुरबीच मध्यरातमा सहमति ,महतोको नेतृत्वमा ८ मन्त्री २ राज्यमन्त्री सहित आज सरकारमा सहभागी हुदैँ !

    काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई आजै सरकारमा सहभागी गराउने तयारी भएको छ । जसपा सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा विस्तार र हेरफेर गर्ने भएका छन् । अहिले प्रधानमन्त्रीले पार्टीका मुख्य नेताहरुसँग छलफल गर्दैछन् ।

    images

    जसपा ८ मन्त्रालयसहित सरकारमा सामेल हुँदैछ । जसपाबाट दुई राज्यमन्त्रीसहित १० जना सरकारमा सहभागी हुनेछन् । आजै साँझ नयाँ मन्त्रीहरुको सपथग्रहण हुने सम्भावना रहेको स्रोतले जनाएको छ । संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो ।

    यसअघि विहीवार राति अबेरसम्म जसपा अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ताका लागि बालुवाटारमा थिए । जसपाको संसदीय दलमा बहुमतमा रहे पनि कार्यकारिणी समितिमा वहुमत नभएकाले सत्ता सहभागिता केही दिन लम्बिएको थियो ।

    अहिले जसपा विवाद निर्वाचन आयोगमा पुगेकाे छ । नेपाल प्रेसबाट साभार

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology