Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

६ बजे लिदै मन्त्रीको सपथ

जसपाको ठाकुर समूहले ६ बजे लिदै मन्त्रीको सपथ, महतो सँगै यी नेताहरु बन्दै छ मन्त्री [ विवरण सहित ]

जसपाको ठाकुर समूहले ६ बजे लिदै मन्त्रीको सपथ, महतो सँगै यी नेताहरु बन्दै छ मन्त्री [ विवरण सहित ]

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २१, २०७८ शुक्रवार • १७:२८:३८ बजे
  • 1.2K
    SHARES
  • जसपाको ठाकुर समूहले ६ बजे लिदै  मन्त्रीको सपथ, महतो सँगै यी नेताहरु बन्दै छ मन्त्री [ विवरण सहित ]

    जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूह सरकारमा सहभागी हुने भएको छ। केपी शर्मा ओली सरकारले आफ्ना अधिकांश माग पूरा गरेको भन्दै ठाकुर समूह सरकारमा जान सहमत भएको हो।

    images

    ठाकुर पक्षबाट आजै मन्त्रीहरुले सपथ लिने तयारी भइरहेको बालुवाटार निकट स्रोतले जानकारी दिएको छ। 'आजै उहाँहरु सरकारमा सहभागी हुनुहुनेछ। अब सपथको तयारी भइरहेको छ,' स्रोतले भन्यो। जसपाका नेताहरुका अनुसार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबिच शुक्रवार दिउँसो भएको वार्ता पछि मन्त्रीहरुको नाम टुंगो लागेको हो।

    जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा जसपाको नेतृत्व गर्ने भएका छन्। उनले उपप्रधान सहित शहरी विकास मन्त्रीको सपथ लिने तय भएको छ। ठाकुर निकट एक नेताले ८ मन्त्री र २ जना राज्यमन्त्रीले सपथ लिन लागेको बताए। '६ बजे सपथका लागि तय भएको छ। ८ जना मन्त्री र २ राज्यमन्त्रीले आज सपथ लिनेछन्,' ती नेताले भने।

    महतोसँगै शरद सिंह भण्डारी, अनिल झा, उमाशंकर अगरगरीया, एक वालमीया, चन्दा चौधरी,विमल श्री वास्ताव, रेनुका गुरुङ र चन्द्रकान्त चौधरीले पनि मन्त्री पदको सपथ लिन तय भएको छ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology