Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कामचलाउ सरकार पुर्नगठन

जसपा ठाकुर पक्षलाई लिएर १७ सदस्यीय कामचलाउ सरकार पुर्नगठन ,अरु कोको भए मन्त्री ?

जसपा ठाकुर पक्षलाई लिएर १७ सदस्यीय कामचलाउ सरकार पुर्नगठन ,अरु कोको भए मन्त्री ?

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २२, २०७८ शनिवार • ०९:४९:२७ बजे
  • 826
    SHARES
  • जसपा ठाकुर पक्षलाई लिएर १७ सदस्यीय कामचलाउ सरकार पुर्नगठन ,अरु कोको भए मन्त्री ?

    पोखरा । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

    images

    मौजुदा मन्त्रिपरिषदबाट एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन मन्त्रीलाई हटाएर प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् । नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्री भएका छन् । उपप्रधानमन्त्री महासेठलाई परराष्ट्र र महतोलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    अरु कोको भए मन्त्री ?

    नयाँ मन्त्रिमण्डलमा जसपाबाट उपप्रधानमन्त्री महतोसहित ८ मन्त्री र दुई राज्यमन्त्री छन् । शरदसिंह भण्डारी उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री बन्दा अनिलकुमार झाले खानेपानी र लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा र उमाशंकर अरगरिया संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दा चन्दा चौधरीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र एकवाल मियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ । सत्तारुढ एमालेबाट शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् ।

    जसपाबाट चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री नियुक्त भएकी छन् ।

  • सम्बन्धित विषय:

  • # सरकार पुर्नगठन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology