Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कार्यसम्पादन चित्त नबुझेको भन्दै प्रम ओलीले पदमुक्त गरेका महासेठ बने दोस्रो पटक मन्त्री

कार्यसम्पादन चित्त नबुझेको भन्दै प्रम ओलीले पदमुक्त गरेका महासेठ बने दोस्रो पटक मन्त्री

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २२, २०७८ शनिवार • १०:०३:५५ बजे
  • 1.4K
    SHARES
  • कार्यसम्पादन चित्त नबुझेको भन्दै प्रम ओलीले पदमुक्त गरेका महासेठ बने दोस्रो पटक मन्त्री

    पोखरा । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकारमा रघुवीर महासेठ दोस्रो पटक मन्त्री बनेका छन् । धुनषा ४ का सांसद महासेठलाई उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।

    images

    यस अघि महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । प्रधानमन्त्री ओलीले ५ मंसिर २०७६ मा महासेठलाई हटाएर बसन्त नेम्वाङलाई मन्त्री बनाए । तर यसपटक महासेठ उपप्रधानमन्त्री समेत बनेका छन् । महासेठ विष्णुप्रसाद पौडेलपछिको वरीयतामा उपप्रधानमन्त्री बनेका छन् । एमालेभित्र वामदेव गौतम निकट भनेर चिनिने महासेठ गुट फेर्दै २०७४ मा मन्त्री बनेका थिए । तर कार्यसम्पादन चित्त नबुझेको भन्दै प्रधानमन्त्री ओलीले पदमुक्त गरेका थिए । तिनै महासेठले यसपटक परराष्ट्र जस्तो महत्वपूर्ण भूमिका पाएका छन् । यसपटक पनि महासेठले पुरानै शैली अपनाए ।

    गएको ५ पुसमा साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा महासेठ ओली इतर समूहतिर उभिएका थिए । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिक हुँदै ओली इतर केही कार्यक्रममा समेत सहभागी भए । तर केही दिनमै फेरि बालुवाटारतिर नजिक भए । ओलीलाई साथ दिए बापत गएको १० पुसमा महासेठकी पत्नी जुली महतो मन्त्री बनिन् । एमालेका समानुपातिक सांसद महतोले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पाएकी थिइन् । तर महतो पाँच महिनापछि पदमुक्त भएकी छन् । अर्थात् ओली नेतृत्वको सरकारमा महासेठ महतो दम्पती आलोपालो मन्त्री बनेका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology