Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ओलीको निर्णय जनताले दिएको जनादेशविपरीत: भीम रावल

ओलीको निर्णय जनताले दिएको जनादेशविपरीत: भीम रावल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७८ शनिवार • ११:२४:०८ बजे
  • 1.4K
    SHARES
  • ओलीको निर्णय  जनताले दिएको जनादेशविपरीत: भीम रावल

    नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी(जसपा)लाई सरकारमा सहभागी गराउँदै मन्त्रिपरिषद् पुनःगठन गरिनु लोकतन्त्र र संविधानविपरीत रहेको प्रतिक्रिया दिएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै रावलले ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवम् राष्ट्रहितविरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१को मन्त्रिपरिषद्को हेरफेरमा अझ छताछुल्ल भएको बताएका छन् ।

    images
     
     
     
    Dr. Bhim Rawal
     
    @BhimRawal179
    प्रमं केपीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवम् राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१ को मन्त्रिपरिषद्को हेरफेरमा अँझ छताछुल्ल भएको छ-

    5533.jpg

    प्रधानमन्त्री ओलीको संवैधानिक र लोकतान्त्रिक मान्यता एवम् राष्ट्रहित विरोधी, स्वेच्छाचारी र अनुत्तरदायी चरित्र र कार्य जेठ २१को मन्त्रिपरिषद्को हेरफेरमा अझ छताछुल्ल भएको छ,” उनले भने । रावलले ओलीको निर्णय गत आमनिर्वाचनमा जनताले दिएको जनादेशविपरीत रहेको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्,“कामचलाउ प्रधानमन्त्रीको यो कार्य संवैधानिक र लोकतान्त्रिक मान्यता विरोधी र गत आम निर्वाचनमा जनताले दिएको जनादेशविरुद्धमा छ ।

    उनले दुईपटक संविधानसभाको निर्वाचन भइ जनताको ठूलो मूल्य चुकाएर जारी भएको संविधान संसोधन गर्न भनी कथित कार्यदल गठन गर्नु राष्ट्रघात र जनघात भएको बताएका छन् । उनले यसमा रहेका लोकतन्त्रघातीहरुको नाम सार्वजनिक होस् भन्ने माग गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # भीम रावल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology