Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कांग्रेस र माओवादीलाई प्रदेश सरकारमा ल्याउने उपेन्द्रको तयारी

कांग्रेस र माओवादीलाई प्रदेश सरकारमा ल्याउने उपेन्द्रको तयारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७८ शनिवार • १३:०५:१८ बजे
  • 1.2K
    SHARES
  • कांग्रेस र माओवादीलाई प्रदेश सरकारमा ल्याउने उपेन्द्रको तयारी

    जनता समाजवादी पार्टी(जसपा)को अध्यक्ष महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि अध्यक्ष उपेन्द्र यादव भने जनकपुर पुगेका छन् ।

    images

    शुक्रबार ८ मन्त्री र २ राज्यमन्त्रीसहित ठाकुर समूह सरकारमा सहभागी भएपछि यादव भने प्रदेश नम्बर २ सरकार परिवर्तन गर्ने तयारीस्वरुप जनकपुर पुगेका हुन् । तत्कालीन राजपा र संघीय समाजवादी फोरमले प्रदेश २ मा सरकार बनाएको थियो । पछि पार्टी एकीकरणपश्चात जसपा बन्यो । पछिल्लो समय पुनः पार्टी दुई समूहमा विभाजित भएको छ ।

    केन्द्रमा बनेको गठबन्धन अनुसार ठाकुर निकटका मन्त्रीलाई हटाएर प्रदेश सरकारमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउने तयारीमा यादव पक्ष छन् । जसपा विभाजन भएपछि धरापमा पर्ने प्रदेश २ सरकारले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।

    शुक्रबार मात्रै यादवले कांग्रेस उपसभापनि विमलेन्द्र निधिसँग भेट गरेका थिए । सो भेटमा निधिले मुख्यमन्त्री दिएपछि मात्र सरकारमा सहभागी हुने बताएका थिए ।

    यादव पक्षले माओवादी केन्द्रलाई पनि प्रदेश सरकारमा ल्याउन छलफल चलाएको छ । प्रदेश नम्बर २ मा पूर्वसमाजवादी पार्टीका ३, पूर्व राजपाका २५, एमालेका २१, कांग्रेसका १९, माओवादी केन्द्रका ८, नेपाल संघीय समाजवादी पार्टीका १ प्रदेशसभा सांसद् छन् ।

  • सम्बन्धित विषय:

  • # कांग्रेस र माओवादी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology