Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निषेधाज्ञाको अवधिमा भिडभाड बढेपछि प्रहरीले थप कडाइ गर्न थाले

निषेधाज्ञाको अवधिमा भिडभाड बढेपछि प्रहरीले थप कडाइ गर्न थाले

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७८ शनिवार • १३:०६:५२ बजे
  • 1.2K
    SHARES
  • निषेधाज्ञाको अवधिमा भिडभाड बढेपछि प्रहरीले थप कडाइ गर्न थाले

    बागमती प्रदेशको राजधानी हेटौंडामा जारी निषेधाज्ञाको अवधिमा भिडभाड बढेपछि प्रहरीले थप कडाइ गर्न थालेको छ । स्थानीय प्रशासनले बिहानको समयमा उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) बिक्री वितरण गर्न अनुमित दिएसँगै बिहानको समय हेटौंडा बजारमा भिडभाड देखिएपछि प्रहरीले थप कडाइ गर्न थालेको हो ।

    images

    जिल्ला प्रशासन कार्यालय मकवानपुरको कोभिड–१९ सङ्कट व्यवस्थापनले बजार निषेधाज्ञामा बजार क्षेत्र भीडभाड नहोस् भन्दै उपभोग्य वस्तु बिहान ४ बजेदेखि ९ बजेसम्म बिक्री वितरण गर्न अनुमति दिएपछि बजार क्षेत्रमा भने अत्यधिक भीड हुने गरेको छ । विशेषगरी हेटौंडा बजारको बुद्धचोक, उद्योग वाणिज्य सङ्घ क्षेत्र, कान्तिराजपथ, सीमाचोक, शीतलमहलचोक, सोनोपोखरा चोक, सङ्गमचोक, स्कुलरोडलगायत स्थानमा अत्यधिक भीड देखिएको हो ।

    बजार क्षेत्रमा निजी सवारी साधनको पनि भिडभाड देखिएपछि प्रशासनले निषेधाज्ञा पालना गराउन व्यापक प्रहरी परिचालन गरेको छ । बजार क्षेत्रमा भीडभाड बढेसँगै कोरोना सङ्क्रमणको जोखिम पनि बढेको हो । मकवानपुरमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या घट्दै र सङ्क्रमण निको हुनेको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा हालसम्म नौ हजार ११९ जनामा कोरोना पुष्टि हुँदा छ हजार ८ सय ४१ जना सङ्क्रमणमुक्त अर्थात् निको भइसकेका छन् ।

    पसल सञ्चालकलाई कारबाही हेटौंडामा जारी निषेधाज्ञाको अवधिमा विभिन्न व्यावसायिक पसल सञ्चालन गरेको आरोपमा तीन पसल सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । एउटा हार्डवेयर पसल, एउटा कपडा पसल र एउटा स्कुलरोडको घर संसार मिनी मार्केटका सञ्चालकलाई नियन्त्रणमा लिएर प्रशासनले रु १०-१० हजार जरिवाना गरेर छाडेको हो ।

    हेटौंडामा पछिल्लो पटक स्थानीय प्रशासनले निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सबै सवारी साधनलाई नियमानुसार प्रहरीले कारबाही गर्दै आएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी साधनलाई जनही रु दुईदेखि पाँच हजारसम्म जरिवाना गरिँदै आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # निषेधाज्ञा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology