Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्री ओलीले हटाएका यी हुन १३ मन्त्री.....

प्रधानमन्त्री ओलीले हटाएका यी हुन १३ मन्त्री.....

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २२, २०७८ शनिवार • १४:५३:४९ बजे
  • 1.4K
    SHARES
  • प्रधानमन्त्री ओलीले हटाएका यी हुन १३ मन्त्री.....

    प्रधानमन्त्री केपी शर्मा ओलीले १३ जना मन्त्रीलाई बिदाई गर्दै शुक्रबार मन्त्रिपरिषद् पुर्नगठन गरेका छन्। नयाँ मन्त्रीले शुक्रबारै पद तथा गोपनियताको शपथ लिएका छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित १० मन्त्री र ३ राज्यमन्त्रीलाई प्रम ओलीले बिदाई गरेका हुन ।

    images

    उपप्रधानमन्त्री पोखरेल लामो समयदेखि जिम्मेवारीविहीन थिए। उनले सम्हालेको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफूसँगै राखेर पोखरेललाई जिम्मेवारीविहीन बनाएका थिए। त्यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि मन्त्रिपरिषद्बाट बाहिरिएका छन्।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल पुनर्गठित मन्त्रिपरिषद्मा अटाएनन्।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाम्फे र सञ्चारमन्त्री पार्वत गुरुङ पनि नवगठिन मन्त्रिपरिषद्मा परेनन्। मन्त्रिपरिषद् फेरबदल हुँदा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना पनि बिदा भएका छन्।

    त्यस्तै मन्त्रिपरिषद् बाट तीन राज्यमन्त्री बाहिरिएका छन्। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, उद्योग राज्यमन्त्री विमला विक र स्वास्थ्य राज्यमन्त्री नवराज राउत बिदा भएका छन्।

    तस्विर हिमालखबरबाट

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology