Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उपप्रधानमन्त्री राजेन्द्र महतोको देश विखण्डन गर्ने, आन्दोलनप्रति ओलीको अनभिज्ञता आश्चर्यजनक : वामदेव गौतम

उपप्रधानमन्त्री राजेन्द्र महतोको देश विखण्डन गर्ने, आन्दोलनप्रति ओलीको अनभिज्ञता आश्चर्यजनक : वामदेव गौतम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७८ शनिवार • १६:०३:०१ बजे
  • 3.1K
    SHARES
  • उपप्रधानमन्त्री राजेन्द्र महतोको  देश विखण्डन गर्ने, आन्दोलनप्रति ओलीको अनभिज्ञता आश्चर्यजनक : वामदेव गौतम

    नेकपा (एमाले)का नेता बामदेव गौतमले शुक्रबार उपप्रधानमन्त्री नियुक्त भएका जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन सञ्चालन गरिरहेको भनी दिएको अभिव्यक्तिको विरोध जनाएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले महतोले सञ्चालन गरिरहेका मुक्ति आन्दोलनका सम्बन्त्रमा अनभिज्ञता प्रकट गरेको सुन्दा आफू आश्चर्यचकित भएको बताएका छन् ।

    images

    गौतमले लेखेका छन्, “नेपाल सरकारका उपप्रधानमन्त्री एवम् जसपाका नेता राजेन्द्र महतोले संविधानको मर्म विपरीत कार्य गर्नेछैन भनी शपथ ग्रहण गरेको आधा घन्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि सञ्चालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुःखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषतासहितको राष्ट्र हो ।

    Bamdev2.jpg

    त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषतासहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो ।” राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन नसक्ने उनले बताएका छन् ।

    नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु,” गौतमले भने ।

  • सम्बन्धित विषय:

  • # वामदेव गौतम
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology