पोखरा । डेनमार्ककी एक महिला पत्रकारले एक समाचार रिपोर्ट बनाउनको लागि आफैं एक व्यक्तिसँग शारीरिक सम्बन्धमा सरिक भइन् । शारीरिक सम्बन्धको क्रममै उनले ती व्यक्तिको अन्तरवार्ता लिइन् र त्यो अन्तरवार्ता रेडियोमा प्रसारण पनि भयो । यो अन्तरवार्ता प्रसारण भएपछि ती महिलाको आँटले देशैभरी तहल्का मच्चाएको छ । यो रिपोर्ट अहिले अत्याधिक चर्चामा छ र सामाजिक संजालमा भाइरल भइरहेको छ ।
डेनमार्कको पब्लिक सर्भिस ब्रोडकास्टसँग सम्बन्धित रेडियो ४ मा यो अन्तरवार्ता प्रसारण भएको थियो । डेलीमेलका अनुसार यो अन्तरवार्ता एक वयस्क क्लवमा रेकर्ड गरिएको थियो । लकडाउनमा छुट दिइएपछि क्लवहरु पुनः खोलिएका थिए र यी पत्रकार रिपोर्टिङका लागि गएकी थिइन् । डेनमार्कको रेडियो ४ की पत्रकार लुइस फिसरको यो अन्तरवार्ता सामाजिक संजालमा भाइरल भइरहेको छ । फिसरका अनुसार अन्तरवार्ताको क्रममा शारीरिक सम्बनध बनाउनको लागि उनलाई उनी कार्यरत मिडिया संस्थानले कुनै प्रकारको दबाब दिएको थिएन ।
फिसर यो वर्षको सुरुवातमा डेनमार्कको राजधानी कोपनहेगनको नजिकै रहेको इसोजमा रहेको स्विंगल्याण्डमा गएकी थिइन् । उनले लकडाउन खुलेपछि एडल्ट क्लवको अवस्थाबारे रिपोर्ट तयारी गरिरहेकी थिइन् । यो रिपोर्ट डेनमार्कको रेडियो ४ मा मार्च महिनामा प्रसारण गरिएको थियो । तर, सामाजिक संजालमा क्लिप भाइरल भएपछि यो घटनाको चर्चा अहिले बढेको छ । रेडियोमा प्रसारण भएको शोको एक क्लिप ट्वीटरमा शेयर गरिएको छ ।
फिसरका अनुसार उनले क्लवका सदस्यहरुसँग बसेर वाइन पिउँदै कुरा गरेकी थिइन् । उनले भनिन् मेरो लागि यो स्वभाविक थियो । एक यस्तो संसारको बारेमा जानकारी दिनु मेरो कामकै एक हिस्सा थियो जहाँ जोकोहीको पहुँच छैन । लुइसका कारण उनी सहज भएपछि त्यहाँका सदस्यहरु पनि अन्तरवार्ताको लागि सहज भएका थिए जो पहिले माइक्रोफोन देखेर डराएका थिए । यो अन्तरवार्ता प्रसारण भएपछि मानिसहरुले उनको हिम्मतको प्रशंशा गरेका छन् । कोपनहेगन पोस्टसँग कुरा गर्दै फिसरले यो अन्तरवार्ता प्रसारणपछि मानिसहरुले सामाजिक संजालमा आफ्नो लागि महान बहादुर र राम्रो पत्रकारिता जस्ता प्रतिक्रिया दिएको बताइन् ।