Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बेलायतमा फेरि बढ्यो संक्रमण

बेलायतमा फेरि बढ्यो संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७८ शनिवार • १८:०८:३० बजे
  • 1.1K
    SHARES
  • बेलायतमा फेरि बढ्यो संक्रमण

    एजेन्सी / बेलायतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहरको खतरा माडारिन थालेको छ । शुक्रबार सार्वजनिक आँकडाअनुसार यहाँ पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३८ जनामा संक्रमण पुष्टि भयो र ११ जनाको मृत्यु भयो ।

    images

    बेलायतमा दुई महिनापछि पहिलोपटक संक्रमितको संख्या ६ हजार नाघेको हो । यसअघि पछिल्लोपटक २५ मार्चमा ६ हजार १ सय १८ संक्रमित भेटिएका थिए । विज्ञहरुलाई कोरानो डेल्टा भेरिएन्ट भेटिएको हुनसक्ने चिन्ता छ । यो भेरिएन्ट सबैभन्दो पहिले भारतमा भेटिएको थियो । भारतमा संक्रमितको संख्या ह्वात्तै बढ्नुमा यही भेरिएन्ट कारक रहेको बताइएको छ । बेलायतमा मेइ महिनाको अन्तिम सातादेखि संक्रमण बढ्न थालेको थियो ।

    यहाँ मेईको सुरुवातमा दैनिक २ हजारमा संक्रमण देखिएको थियो । यो संख्या बढेर २८ मेइमा ४ हजार नाघ्यो । त्यसपछि केही दिन संक्रमितको संख्या घटेको थियो । तर जून लागेसँगै ५ हजार नाघ्यो र अहिले ६ हजार नाघेको छ ।


    पछिल्ला दिनमा दैनिक सर्वाधिक धेरै संक्रमण भारतमा देखिएको छ । यहाँ शुक्रबार सार्वजनिक आँकडाअनुसार २४ घण्टामा १ लाख २१ हजारमा कोरोना संक्रमण देखियो । त्यसमध्ये ३ हजार ३ सय ८२ जनाको मृत्यु भयो । त्यसैगरी ब्राजिलमा ३८ हजार ४ सय ८२ जनामा संक्रमण देखियो र १ हजार १ सय ८४ जनाको मृत्यु भयो । विश्वमा अहिलेसम्म १७ करोड ३३ लाख जनसंख्या कोरोनाबाट संक्रमित भइसकेको छ ।

    यसमध्ये ३७ लाखभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । त्यस्तै १५ करोड ६० लाखले कोरोना जितिसकेका छन् । १ करोड ३५ लाख अझै उपचारका क्रममा छन् । उनीहरुमध्ये १ करोड ३४ लाख सामान्य र ८८ हजार १ सय ७३ जना गम्भिर अवस्थामा छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology