Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विपक्षी गठबन्धन

गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय भारतलाई रिझाउन : विपक्षी गठबन्धन

गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय भारतलाई रिझाउन : विपक्षी गठबन्धन

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २२, २०७८ शनिवार • २२:३९:४२ बजे
  • 1.7K
    SHARES
  • गिट्टी, बालुवा निकासीको राष्ट्रघाती निर्णय भारतलाई रिझाउन : विपक्षी गठबन्धन

    पोखरा । गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न विपक्षी गठबन्धनले माग गरेका छन् । शनिबार गठबन्धनका नेताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै ढुंगा, बालुवा र गिट्टीको निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने बजेट घोषणाको विरोध गरेका हुन् ।

    images

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, यो नेपालको तराई क्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाती र जनघाती घोषणा हो ।

    अघि भनेका छन्, वस्तुत: यो सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहित स्वार्थपूर्तिका लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय हो । विपक्षी गठबन्धनले शुक्रबार भएको मन्त्रिपरिषद् पुनर्गठनको पनि विरोध गरेका छन् ।

    सरकार कामचलाउ भइसकेको र संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन भएको बेला भएको मन्त्रिपरिषद् विस्तार संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास भएको विपक्षी गठबन्धनको ठहर छ ।

    196238773_1853149391534404_8818854148474888504_n.jpg

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology