
सत्तारुढ नेकपा भित्रको अन्तरकलहको बाच्छिटाहरु तल तल सम्म देखिन शुरु गरेका छन! खास गरी पार्टी भित्रका पछिल्ला बेमेलका बिषयहरुमा शिर्ष नेताहरुले सार्बजनिक समारोहमा नै एक अर्का प्रति कटाक्ष गर्न थाले पछि तल्ला कमिटी र जबस कमिटीका नेता कार्यकर्ताहरु पनि सामजिक संजालमा खुलेरै एक अर्काको कटाक्षमा निस्किएका छन।
यसको पछिल्लो उदारण हुन नेकपा समर्थित बिधार्थी संगठन अनेरास्वियु र युवा संघका संयोजकहरु।पार्टीका एउटा अध्यक्ष प्रचण्डले हिजो एउटा कार्यक्रममा बोलेको बिषयलाई कटाक्ष गर्दै बिधार्थी संगठनका संयोजक ऐन महरले पार्टीको आधिकारिक लाईन जबज नै भएको र यसको नेतृत्व पनि यही लाईन समुहको नै हुनपर्ने आशयको स्टाट्स लेखेको केही घन्टामा नै सो पार्टी समर्थित युवा संघका संयोजक राम प्रसाद सापकोटा (दिपशिखा)ले यदी पार्टीको लाईन जबज नै मान्ने हो भने पुरानै एमालेमा फर्किन भन्दै जवाफ दिएका छन।
दिपशिखा अगाडी लेख्छन हाम्रो पार्टी एकिकरण पश्चात पार्टीको मार्गनिर्देशक जनताको जनबाद हो । अरु कुन कुन सिद्दान्तलाई मार्ग निर्देशक सिद्दान्त बनाउने भन्ने बिषयमा छलफल महाधिबेसनमा गरौला र अहिलेलाई पुराना दुवै पार्टीकामार्ग निर्देशक सिद्दान्तलाई स्थगन राखेको छ यस्तो अबस्थामा जबरजस्ती पुरानो कुनै एक पार्टीको सिद्दान्तलाइ यही नै पार्टीको मुल सिद्दान्त हो भने जसरी षडयन्त्र मुलक प्रचार गर्नु पार्टी एकताको सिद्दान्त र भावना बिपरित हो।
स्मरण रहोस महत नेकपा अध्यक्ष एबंम प्रधानमन्त्री केपी वलीका बिश्वास पात्र हुन उनलाइ वलिले अन्य बरिष्ठ उपाध्यक्षहरुलाई पछि पार्दै गुटकै आधारमा अनेरास्वियुको संयोजक बनाएका हुन।भने दिपशिखा प्रचण्डका पुराना बिश्बासिला नेता हुन उनि जनयुद्दका कमाण्डर र हाल नेकपाका केन्द्रिय सदस्य समेत रहेका छन।