प्रदेश न २ का मुख्यमन्त्री लाल बहादुर राउतले आफ्नो मन्त्रिमण्डलबाट ४ जना मन्त्रिलाई जिम्मेवारी मुक्त गरिदिएका छन । आइतवार साझँ राउतले जनता समाजबादी पार्टी ठाकुर र महतो पक्षबाट मन्त्रि बनेका भौतिक पुर्वधार विकास मन्त्रि जितेन्द्र सोनल,भौतिक पुर्वधार विकास राज्य मन्त्रि डिम्पल झा,पर्यटन वन तथा वतावरण मन्त्रि सुरेन्द्र मण्डल र समाजिक विकास राज्यमन्त्रि अव्हुराम शर्मा रहेका छन ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पुनर्गठनको तयारीमा जुटेका छन् । अध्यक्ष यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन छलफल अगाडि बढाएका हुन् ।
अध्यक्ष यादवको उपस्थितिमा राउतलाई पार्टीको संसदीय दलको नेतासमेत चयन गरिएको छ । यादवले कांग्रेस र माओवादीलाई समेत सरकारमा सहभागी गराएर सत्ता टिकाउने प्रयास गरिरहेका छन् ।
प्रदेश २ सभामा १ सय ४ सांसद छन् । जसमा जसपा अध्यक्ष यादव पक्षमा ३२ र पूर्वराजपा पक्षमा २३ सांसद छन् । एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसद छन् । यो प्रदेशमा एमालेका २१ मध्ये खनाल नेपाल समूहमा बहुमत सांसद छन् ।
कांग्रेस र माओवादी केन्द्रको समर्थन रहने र अर्को सरकार बनिहाल्ने सम्भावना नभएकाले यादव प्रदेश सरकार पुनर्गठन गर्ने निर्णयमा पुगेका हुन् ।
यसअघि ठाकुर-महतो पक्षमा रहेका सामाजिक विकासमन्त्री नवलकिशोर साह र वन, पर्यटन, उद्योगमन्त्री रामनरेश राय राजापा समूह छोडेर उपेन्द्र यादवतर्फ लागिसकेका छन् ।