Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड–माधव नेपालबीच भेटवार्ता

प्रचण्ड–माधव नेपालबीच भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०७८ सोमवार • १३:०६:०७ बजे
  • 1.9K
    SHARES
  • प्रचण्ड–माधव नेपालबीच  भेटवार्ता

    एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचना फर्काउने घोषणा गरेलगत्तै आफ्नै समूहमा दबाबमा परेका नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेका छन् ।

    images

    कोटेश्वरस्थित नेपाल घरमा प्रचण्ड र माधव नेपालबीच करिब २० मिनेट कुराकानी भएको थियो । अब कसरी अघि बढ्ने भन्ने रणनीतिका विषयमा दुई नेताबीच छलफल भएको स्रोतले बताएको छ । नेता नेपाललाई भेट्न प्रचण्ड बिहान साढे ११ बजे कोटेश्वर निवास पुगेका थिए । माधव नेपालले ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने आफूनिकट नेताहरूलाई बताएका छन् । एमाले अध्यक्ष ओलीले आइतवार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गरेका थिए ।

    ओलीले माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने बताएका छन् । माधव नेपालले ओलीको प्रस्ताव लगत्तै आइतवार राति पनि प्रचण्डसँग छलफल गरेका थिए । आज पनि आफूनिकट नेताहरुको बैठक बस्नुअघि प्रचण्डसँग छलफल गरेका हुन् ।

    प्रचण्ड र माधव नेपाल विगत एक वर्षदेखि नै ओलीविरुद्ध एक ठाउँमा छन् । अहिले पार्टी अलग भए पनि नेपाल र प्रचण्डबीच गठबन्धन जारी छ ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड–माधव
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology