नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने तयारी गरेका छन् ।
सोमबार माधव नेपाल समूहका नेताहरुको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको हो ।
ओलीको प्रस्तावमा छलछाम देखिएको र सम्पूर्णलाई एकतामा लैजान नखोजेको देखिएको नेपाल पक्षको ठहर छ।