नेकपा एमालेको नेता घनश्याम भुसालले अहिले एमालेको राजनीतिकलाई विकृत बनाउन पञ्चायत कालमा जस्तै सु्कुलगुण्डा र मण्डलेहरुको समूह खडा भएको आशंका गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरुले एमाले पार्टीलाई एक बनाएर अगाडि बढाउने उद्देश्यले वार्ता गर्दा विभिन्न प्रोपोगाण्डासहितको समाचार सम्प्रेसन गर्न नगाउने गरेको उनले बताएका छन् ।
उनले पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डले समूह स्थापना भएको स्मरण गरेका छन् । उनले लेखेका छन्, ‘पञ्चायत कालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेका रुपमा स्थापित भयो । पञ्चायत धराशायी हुनुमा त्यस समूहको कम्ति योगदान थिएन ।

त्यसबेलाका कतिपय पञ्चहरु नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु । आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन ?’ उनले आफूहरु विरुद्ध अफवाह फैलाउन थालेको भन्दै उनले लेखेका छन्, ‘फेरि हाम्रा विरुद्ध अनर्गल प्रचार शुरु भएको छ ।
हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ ।’ उनले जस्तो काम ग¥यो परिणाम पनि उस्तै हुने बताएका छन् । उनले लेखेका छन्, ‘अनि परिणाम पनि त्यस्तै हुने त होइन ? धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन् ।