Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रचण्ड देउवा निवासमा

कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रचण्ड देउवा निवासमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०७८ सोमवार • १६:०५:५५ बजे
  • 1.1K
    SHARES
  • कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रचण्ड देउवा निवासमा

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न पुनः बालुवाटारतर्फ लागेका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रमलगत्तै प्रचण्ड देउवा निवास बुढानिलकण्ठ लागेका हुन् ।

    images

    सोमबार विहान नेकपा एमालेले निष्कासन गरेका नेता माधवकुमार नेपाललाई भेटेलगत्तै पनि कांग्रेस सभापति देउवालाई भेटेका थिए ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले कामचलाउ मन्त्रिपरिषद पुनर्गठन गरेलगत्तै पनि प्रचण्ड–देउवा–नेपालबीच बारम्बार भेटवार्ता भइरहेको छ । ओलीले असंवैधानिक गतिविधि एकपछि अर्को गर्दै आएको भन्दै विपक्षी गठबन्धनले विरोध जनाउँदै आएको छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology