नेपाल कम्युष्निट पार्टी (माओवादी केन्द्र) ले प्रवास समन्वय कमिटीको संयोजनमा मित्र राष्ट्र चीन लगायत विभिन्न देशका नेपाली जनप्रगतिशील मञ्चहरु द्वारा संकलन गरिएको स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा अध्यक्ष कमरेड प्रचण्डलाई हस्तान्तरण गरिएको हो । अध्यक्ष प्रचण्डबाट उक्त सामाग्री सबै प्रदेशका पार्टी नेता मार्फ़त स्थानीय तहहरुमा प्रेषण गरिएको छ ।
अध्यक्ष कमरेड प्रचण्डले पार्टीका सबै कार्यकर्ताहरुलाई स्थानीय तहमा अग्रपक्तिमा रहेर जनताको सेवा गर्न निर्देशन दिनुभएको छ र प्रवासमा रहेर सहयोग जुटाउने सम्पूर्ण प्रवासीहरुमा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।
