पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव कुमार नेपालको शर्त स्वीकारेर पार्टी एकता नहुने बताएका छन् ।
उनले मंगलवार ट्वीटरमा एक ट्वीट गर्दै तेल निकाल्न बालुवा नभइ तोरी पेल्नुपर्ने समेत बताउदै भने ल्याङल्याङ अति भयाे ! अध्यक्षकाे वक्तव्य मानेर आउनेलाई स्वागत गराैं,असंभव काेशिस छाेडाैं।
अब जेठ २ काे रटानकाे अध्याय सकिएकाे छ। माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन। यी शर्तमा नेपाल गुटसँग हाेइन,देउवाकाे काँग्रेससँग बरू एकता हाेला। तेल निस्काल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयाे ! अध्यक्षकाे वक्तव्य मानेर आउनेलाई स्वागत गराैं,असंभव काेशिस छाेडाैं।