Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले मागेको विश्वासको मतको पक्ष–विपक्षमा मतदान सुरु

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले मागेको विश्वासको मतको पक्ष–विपक्षमा मतदान सुरु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २५, २०७८ मंगलवार • १२:२४:०८ बजे
  • 970
    SHARES
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले मागेको विश्वासको मतको पक्ष–विपक्षमा मतदान सुरु

    पोखरा । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मागेको विश्वासको मतको पक्ष–विपक्षमा मतदान सुरु भएको छ । मंगलबार प्रदेशसभा बैठकमा मतदान सुरु भएको हो ।

    images

    सुदूरपश्चिम प्रदेशमा ५२ सदस्य रहेका छन् । मुख्यन्त्रीलाई विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा नेकपा (एमाले)का सभामुखबाहेक २४, नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईजना छन ।

    जनता समाजवादी पार्टी (जसपा)ले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरपक्षीय दुई सांसदले भट्टलाई मत नदिने भएका हुन् ।

    जसपाका सांसद कृष्णबहादुर चौधरीले विश्वासको मत दिने आधार नदेखिएको उक्त निर्णय गरेको बताए । सुदूरपश्चिममा जसपाका तर्फबाट चौधरीसँगै मालामतीकुमारी राना थारु प्रदेशसभा सदस्य छन् ।

    मुख्यमन्त्री भट्टलाई नेकपा (एमाले) र नेपाली कांग्रेसले विश्वासको मत दिने भएका छन्। यो सँगै मुख्यमन्त्री भट्टको विश्वासको मत पारिर हुने भएको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology