Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

विश्वासको मत

सुदूरपश्चिम का मुख्यमन्त्री भट्टले विश्वासको मत पाए ,पक्षमा ३० मत विपक्षमा ९ मत कांग्रेस भने तटस्थ

सुदूरपश्चिम का मुख्यमन्त्री भट्टले विश्वासको मत पाए ,पक्षमा ३० मत विपक्षमा ९ मत कांग्रेस भने तटस्थ

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

जेठ २५, २०७८ मंगलवार • १२:४३:३७ बजे
  • 1.2K
    SHARES
  • सुदूरपश्चिम का मुख्यमन्त्री भट्टले विश्वासको मत पाए ,पक्षमा ३० मत विपक्षमा ९ मत कांग्रेस भने तटस्थ

    पोखरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन । नेकपा माओवादीका मुख्यमन्त्री भट्टको पक्षमा ३० मत खसेको छ भने विपक्षमा ९ मत खसेको छ ।

    images

    भट्टलाई एमालेको माधव नेपाल समूहले विश्वासको मत दिएको थियो । कांग्रेस भने तटस्थ बसेको छ । एमालेको ओली समूहले भने भट्टलाई विश्वासको मत दिएनन् ।

    नेकपा एमालेको ओली समूहका ७ जना र जनता समाजवादी पार्टीका दुईजना प्रदेश सभा सदस्ले विपक्षमा मतदान गरेका थिए ।आज बिहान बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले भट्टको पक्षमा विश्वासको मत दिने निर्णय गरेको थियो ।

    यसैगरी कांग्रेसले पनि आवश्यक परे विश्वासको मत दिने निर्णय गरेको थियो । एमालेले भट्टलाई विश्वासको मत दिएपछि कांग्रेस तटस्थ बसेको हो ।

    ५२ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक हुन्थ्यो । आज ५१ प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए । प्रदेशसभामा काँग्रेसका १२ र जसपाका दुई सांसदको प्रतिनिधित्व रहेको छ ।

    त्यस्तै प्रदेशसभामा मुख्यमन्त्री भट्टको दल नेकपा माओवादी केन्द्रका १३ सांसद र एमालेका २५ सांसद छन् । तीमध्ये ७ जनामात्र ओली पक्षका छन् ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology